एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन: मुख्यमन्त्री अधिकारी
पाेखरा | जेठ ४, २०८१
पोखरा: नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पार्टीमा संगठीत रहेका नेता तथा कार्यकर्ताले प्रभावकारी काम गर्न सकेको खण्डमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्नबाट कसैले रोक्न नसक्ने उहाँको दावी छ ।
‘हरेक संगठनका मानिस लोकप्रिय हुनुप¥यो, जनताको सुख दुःखमा साथ दिने हुनुप¥यो, ठालु आडम्बरी हुनु भएन अनि बल्ल निर्णायक राष्ट्रिय शक्ति बन्छौ, टपर्टुय्याँ तालले हुँदैन, काम चोर गरेर हुँदैन’ उहाँले भन्नुभयो ।
नेकपा (एमाले) पर्वतको जिल्ला कमिटीको दोस्रो बैठकलाई बिहीबार कुश्मामा सम्बोधन गर्दै उहाँले पार्टी अध्यक्ष केपी ओलीकै निरन्तरको प्रयासका कारण अहिलेको समीकरण बनेको बताउनुभयो ।
‘केपी ओलीकै कारण अहिलेको समीकरण बनेको हो, पुरानो गठबन्धन तोड्नु ठुलो कुरा हो, यो टिक्छ टिक्दैनसँग त्यती सरोकार छैन, तर विश्वास छ यो समीकरण निरन्तर अगाडि बढ्छ’उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वाधिनताको लडाई लड्नुपर्ने भएकोलेसत्ता समीकरण आगामी निर्वाचन पछाडिसम्म जाने उहाँले खुलाउनुभयो ।
एमालेको प्रतिष्पर्धा कांग्रेससँगनै रहेको दोहो¥याउदै एमालेको एक्लै बहुमत आउँदापनि राष्ट्रिय स्वाधीनताको लडाइ लड्नुपर्ने भएकोले मिलेर सरकार सञ्चालन गर्ने बताउनुभयो ।
‘हामीले एकल बहुमत ल्याएपनि हाम्रो मात्र सरकार बनाउँदैनौ, राष्ट्रिय स्वाधीनताको लडाइ लड्नु छ’ उहाँले थप्नुभयो ।
समाजवादको आधार निर्माण गर्न राष्ट्रिय पुँजी आवश्यक पर्ने भएकोल पुँजी निर्माणमा ध्यान दिनुपर्ने उहाँले खुलाउनुभयो । त्यसको लागि औद्योगीकरण गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । पार्टीको केन्द्रीय निर्देशन र जिल्ला कमिटीले तयार पारेको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्...
पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । उनले आफू निर्वाचित भए...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

